गायक यमन श्रेष्ठको स्वरमा रहेको ‘सधैं सधैं हारे मैले’ बोलको गीत सार्वजनीक (भिडियो सहित)

काठमाडौं – गायक यमन श्रेष्ठको ‘सधैं सधैं हारे मैले’ बोलको गीत सार्वजनीक भएको छ । गीतको लिरिकल भिडियो सहित सार्वजनीक भिडियोलाई कलाकार \ निर्देशक समेत रहेका यमन स्वयंले भिडियोको निर्देशन तथा सम्पादन गरेका छन । समाजसेवी उत्तम संजेलको शव्द रहेको गीतको कम्पोज तथा एरेन्ज किरण कंडेलले गरेका हुन । प्रज्ञा साउण्ड स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको भिडियोलाई भने उत्कर्ष कंडेलले छायांकन गरेका हुन । गीतको भिडियो यमन श्रेष्ठको आफ्नै युटूयब च्यानल यमन श्रेष्ठबाट सार्वजनीक गरेका छन । गायक यमनले यस अघि घरमै बसेर सार्वजनीक गरिएको लकडाउन सम्बन्धि सचेतना गीत लकडाउन लकडाउन…. समेत लोकप्रिय भएको थियो ।

भिडियो :

 

गायक तथा संगीतकार रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायक तथा संगीत रमेश कडरियाको लकडाउन समयको परिस्थितीलाई मध्यनजर गर्दै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वनिक गरिएको हो ।गीतकार तथा लेखक ओमनाथ कडरियाको शब्दमा रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् । गीतमा प्रकृति बिनासको कारण बिबिध प्रकारको महामारी निम्तिएको बारेमा उल्लेख गरिएको छ ।

भिडियो :

भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।

बजेट बारे पूर्व अर्थमन्त्री एवम अर्थविद्सँग छलफल चलाउदै भरतमोहन स्मृती फाउण्डेशन

काठमाडौं- पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व. भरतमोहन स्मृती फाउण्डेशनले आसन्न बजेट बारे पूर्व अर्थमन्त्री अर्थविद् एवम् नेताहरु बीच छलफल चलाउने भएको छ । फाउण्डेशनले स्वर्गिय अधिकारीको ८५ औ जन्म दिवसको अवसर पारेर यहि वैशाख २० गते भर्चुअल भिडियो कंन्फ्रेन्स मार्फत छलफल कार्यक्रम संचालन गर्न लागेको हो । जसमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाश चन्द्र लोहनी र सुरेन्द्र पाण्डे अर्थविद्हरु डा. गोविन्द बहादुर थापा, डा. चन्द्रमणि अधिकारी, डा. डिल्ली खनाल, केशव आचार्य, स्वर्णिम वाग्ले, विश्व पौडेल, लालबाबु यादव, रामकुमार फुँयाल र महिला नेत्री राम कुमारी झाक्री वत्ताका रुपमा रहने तय भएको छ । आ व २०७७/ ०७८ को बजेट ल्याउने तयारीमा सरकार जुटिरहेको अवस्थामा कोभिड १९ बाट उत्पन्न पछिल्लो परिस्थितको बिषयमा गहन छलफल गरि सरकारलाई सहि मार्गनिर्देश गर्न सकियोस् भन्ने हेतुले छलफल कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले बताईन् । अहिलेको परिस्थितीमा बजेटको आकार कस्तो हुनुपर्छ र प्राथमिकता के रहनुपर्छ भन्ने बिषयमा छलफल केन्द्रित रहने फाउण्डेशनकी सदस्य लिमा अधिकारीले जानकारी दिएकी छिन् । साथै,छलफल दिउँसो तीन बजेबाट शुरु हुने पनि उनले जनाईन् ।

बारा र पर्सामा थप ३ लाई कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ५७

वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।

माछापोखरीमा तरुण दल रसुवाद्वारा निशुल्क खानाको ब्यबस्था

किरण अधिकारी-

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका महानुभाबहरुलाइ बालाजु ,माछापोखरी चोकमा निशुल्क खानाको व्यवस्था गरिएको छ ।

लकडाउनका कारण आर्थिक अभाब भएर खाना खान नै समस्यामा परेका हरुलाइ व्यवस्था गरिएको हो । नेपाल तरुण दल रसुवाले निशुल्क खानाको व्यवस्था गरेको तरुण दल रसुवाका अध्यक्ष दील बहादुर मुक्तान (डीम्याक्स)ले बताउनुभयो ।

आज देखी २५ गते सम्म निस्शुल्क मेस संचालन गर्न लागेको नेपाली कांग्रेस रुसुबाका नेता कुमार देबकोटाले जानकारी दिनुभयो ।

कसले के भन्छ भनेर सुन्न र बुझ्न थाल्यो भने त्यो मान्छे सफल हुन सक्दैन :लोक गायिका अश्मिता चौलागाई

किरण अधिकारी -: काठे लोक दोहोरि क्षेत्रमा सफल हुदै लोक गायिका अश्मिता चौलागाई लोकसंगीतक्षेत्रमा प्रतिभाहरु जन्मने क्रम जारि छ । नेपालि लोक दोहोरि क्षेत्र त्यसमाथि काठ क्षेत्रमा नया प्रतिभा आउने क्रम जारि छ । कतिपय कलाकार यहि क्षेत्रमा संघर्ष गरिरहेका छन् ।काठ क्षेत्रमा धेरै कलाकार जन्माउने काभ्रे जिल्ला पर्छ ।काभ्रे जिलाको कोशीपारीबात केहि समय अघि देखि संघर्ष गरिरहेकी छिन ।सानोमा उनलाई रेडियो सुन्दा र टिभी हेर्दा लाग्थ्यो म पनि भोलि गएर यसरि नै गित गाउन सक्छु होला ।बिस्तारै उनले प्रण गरिन म गायिका बन्छु ।त्यहि दृढ ईच्छाले आफु अगाडी बढीन अनि गायिका बनेर अगाडी आईन उनि हुन् काभ्रे जिलाको कोशीपारी जन्मिएकी गायिका अश्मिता चौलागाई । उनि अहिले यहि क्षेत्रमा स्नाघर्ष गरिरहेकी छिन ।उनको स्वरमा र आफ्नै एलबममा गरेर हाल सम्म एक दर्जन भन्दा बढी गित बजारमा आईसकेको छ ।लोक गायिका अश्मिता भन्छिन म मेहनत गरिरहेकी छु ।संघर्ष गर्न छोडेकी छैन ।त्यसैले मैले मेहनतको फल पनि पाईइरहेको छु ।उनले अहिले सम्म आफु भन्दा जुनियर र सिनियर कलाकारसंग समेत सहकार्य गरिसकिन ।उनि आफुलाई अब्ब्बल साबित गराउदै अगाडी बढिरहेकी छिन ।उनि भन्छिन म गायिका भए भनेर घमण्ड गर्दिन किनकि म अहिले पनि सिकिरहेको छु ।मानब जिबन भनेको सिक्दासिक्दै जाने हो । लगभग ४ बर्ष अगाडी देखि यो क्षेत्रमा निरन्तर क्रियाशील अश्मिता आफ्नो परिवारको साथ् र सहयोगले सफल पनि हुदै गईरहेकी छिन ।उनि भन्छिन आफ्नो काम गर्दै अगाडी बढ्ने हो कसले के भन्छ भनेर सुन्न र बुझ्न थाल्यो भने त्यो मान्छे सफल हुन सक्दैन ।उनि आफैलाई कहिले काही अचम्म लाग्छ किन म यस्तो सोझो बनिरहेको छु ।किन म मान्छेलाई यति छिट्टै विश्वास गर्छु ।तर पनि यहि बानिले सफल पनि भएको छु ।कतिपय अवस्थामा धोका पनि खाएको छु ।केहि छैन मानब जिबनमा यस्ता कुरा आऊछन तर पनि मेरो पाईला रोकिदैन ।उनलाई गायिका भएर नै यो क्षेत्रमा जम्ने रहर छ । उनीसंग हामीले केहि कुराकानी पनि गरेका थियौ । कुराकानीको क्रममा हामिले सोधेका थियौ यो क्षेत्रमा महिला कलाकारको शोसन हुन्छ भन्छ्न नि उनको उत्तर थियो खोइ म तेस्तोमा नपरेर हो कि मेरो त यो क्षेत्र मा आफ्नै मान्छे भएर होला त्यस्तो अनुभब गरेको छैन । त्यसैले मलाई थाहा भएन तर यो कुरामा आफुमा पनि भर पर्छ जस्तो लाग्छ । कलाकार हुनलाई के के चिज को आवस्यक पर्छ भन्ने प्रश्नमा उनि भन्छिन आफूसग कला पनि चाईन्छ जस्तो लाग्छ।त्यति मात्र हैन कला ,गला र प्रतिभा मुख्य चिज हुन् । उनि अगाडी भन्छिन रुप र पैसाले मात्र हुने भए जो पनि कलाकार बन्थे होला ।कला ,प्रतिभा र गला नभई कलाकार हुने भनेको खहरे खोला जस्तै हो । त्यति मात्र हैन उनले नया आउने कलाकारलाइ यस्तो सल्लाह समेत दीइन कलाकार बन्न धेरै गाह्रो छ बुझेर र सोचेर मात्र लाग्नु होला। यो क्षेत्रमा सहयोग गर्ने भन्दा धुत्ने मान्छे धेरै छ ।स्वार्थि समुह छ त्यसबाट बच्न सक्नु हुन्छ भने मात्र आउनुहोला। संगीतक्षेत्रमा लागेर दर्सकको माया र गायिका भनेर चिनिन पाएकोमा उनि खुसि पनि छिन ।प्रेमको बिषयमा उनि भन्छिन प्रेम भनेको माया हो।दुई आत्माको मिलन हो ।प्रेम प्रस्ताब आउने बताउदै अहिले उनि प्रेम भन्दा पनि भबिस्य बनाउने तर्फ केन्द्रित रहेको बताउछिन ।सेक्सको बिषयमा उनको धारणा यस्तो छ सेक्स प्राकृतिक चिज हो।यस्लाई सृष्टि चलाउने माध्यम पनि बुझौ ।जुन कुरा मन मिल्ने मान्छे र माया गर्ने मान्छे संग हुने सम्बन्ध हो ।तर यसलाई दुरुपयोग गर्नु हुदैन । उनको सबै भन्दा नराम्रो बानि चाडै अरुको बिस्वास गर्ने र सानो कुरामा छिट्टो खुसि हो जस्तो लाग्छ ।त्यो संगै उनि सानो कुरामा पनि छदै रिसाउने र मन दुखाउने बानीले अरुको अगाडी राम्रो हुन नसकेको पनि उनलाई अनुभब छ ।उनि भन्छिन चाडो बिस्वास गर्छु ।अनि स्वार्थि हुने रहेछन फाईदा लिन्छन अनि हराउछ्न ।यस्ता मान्छे चिन्न नसक्नाले गाह्रो पनि भएको छ ।तर पनि आफ्नो पाईला निरन्तर अगाडी लादै छिन ।उनलाई सांगीतिक जिबनको सफलताको शुभकामना ।

लकडाउनकै अवस्थामा पूर्व मुख्यमन्त्रिको छोरा तथा अभिनेता निखिलको विहे

बेंगलुरु–  कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लागू गरिएको लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई उलंघन गर्दै भारतको कर्नाटकका पूर्व मुख्य मन्त्री एचडी कुमारास्‍वामीले शुक्रवार आफ्नो छोरा निखिल कुमारास्‍वामीको विवाह समारोह भव्य रुपमा आयोजना गरेका छन् ।

विवाह समारोहमा लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई वास्ता गरिएन । उनको विवाह कांग्रेसका पूर्व आवासीय मन्त्री एम कृष्णप्पाकी नातीनि रेवतीसंग भएको हो ।

सन् २०१९ मा राजनीतिको क्षेत्रमा कदम राख्ने निखिलले मंड्या लोकसभा सीटबाट निर्वाचनमा लडेका थिए, तर हारेका थिए । निखिलले कन्नड फिल्ममा पनि डेब्यू गरेका छन् ।

प्रारम्भमा के भनिएको थियो भने उक्त विवाहको सहमारोहा धेरै मान्छेहरु सहभागि हुने छैनन्, तर सार्वजनिक भएका तस्बिरहरुमा लकडाउनलाई पूर्ण रुपले उलंघन गरिएको देखिएको छ ।

उक्त समारोहका लागि रामनगरमा फार्म हाउसलाई पहिलादेखि नै निकै आकर्षक शैलीमा सजाइएको थियो । विवाहको उक्त समारोहका लागि रामनगर जिल्ला प्रशासनबाट पनि अनुमति लिइएको थियो ।

बिहिबार मात्र कर्नाटकका उप–मुख्यमन्त्री सीएन अश्वत्थले के भनेका थिए भने कुमारस्वामीका छोराको विवाह समारोहको निगरानीका लागि प्रशासनलाई सूचित गरिएको थियो ।

यदि लकडाउनको दिशानिर्देशलाई कुनै पनि प्रकारले उलंघन गरियो भने कारवाही गरिने भनिएको थियो ।

नोवल कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्नका लागि भारतमा मे ३ सम्मका लागि लकडाउनलाई बढाइएको छ । जसका कारण मानिसहरुले मास्क लगाउन तथा शारीरिक दूरीका नियमहरुलाई कडाइका साथ अपनाउन आदेश दिइएको छ ।

लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल

काठमाडौं : कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल राख्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन–२०२० बमोजिम लकडाउन गर्नेलाई एक महिनासम्म जेल पठाउने निर्णय गरेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव रहेका प्रवक्ता बिडारीका अनुसार, समितिको निर्णय पछि प्रहरी र प्रशासनलाई निर्देशन समेत दिइसकेको छ । समितिको निर्णय लगत्तै बिहीबारबाटै राजधानी उपत्यकामा लकडाउन थप कडाइ गरिएको छ । बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने चेकजाँचमा कडाइ गरिएको छ । प्रवक्ता बिडारीले भने, “लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरी प्रशासनबाट अनावश्यक आवागमन गर्नेलाई थुनामा राख्नेसम्मको कार्बाही हुनेछ ।” उनले लकडाउन उल्लङ्घन गर्नेको संख्या बढेकाले जेल पठाउनेसम्मको निर्णय भएको बताए ।

समितिको निर्णय लगत्तै गृह प्रशासनले लकडाउन कडाइ गर्न निर्देशन दिइसकेको छ । गृह प्रशासनका अनुसार, समितिको निर्णय कार्यान्वयन गराउन लकडाउन कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ । राजधानी उपत्यका सहित देश लकडाउनमा कडाइ गर्ने सँगै सीमा सुरक्षालाई पनि कडाई गरिने भएको छ । सीमाबाट हुन सक्ने संभावित प्रवेश पूर्ण रुपमा नियन्त्रण गर्न र कोही अनाधिकृत रुपमा प्रवेश गरे पक्राउ गर्नेसम्मको निर्णय गरिएको छ ।

बिहीबार बसेको समितिको बैठकले प्रमुख जिल्ला अधिकारीहरुलाई समेत निर्देशन दिएको छ । सिनामाबाट लुकीछिपी नेपाल आउने र उनीहरुलाई लुकाउनेलाई समेत कार्बाही गर्न निर्देशन दिइएको छ । सरकारले पहाडी क्षेत्रको सुरक्षाकर्मी कटौती गरी सीमा क्षेत्रमा तैनाथ गर्ने समेत निर्णय गरेको छ । उच्च स्तरीय समितिमा रहेका एक मन्त्रीका अनुसार, छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढेसँगै सीमा क्षेत्रमा थप कडाइ गर्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबारसम्म देशभरका विभिन्न १२ स्थानबाट सात हजार २४० जनाको कोरोना परीक्षण गरिएको छ । त्यस मध्ये १६ जनामा संक्रमण देखिएको छ । चीनबाट आएका संक्रमित विद्यार्थी भने निको भइसकेका छन् । परीक्षण गरिएको ३१५ जनाको रिपोर्ट आउन भने बाँकी छ । तर, सोमबार राजधानी उपत्यकास्थित सनसिटी अपार्टमेन्ट बस्ने एक परिवारमा कोरोनाको संक्रमण देखिए सँगै सरकारले लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ । राजधानीमा बिहान सात बजेसम्म मात्रै अत्यावश्यक सामग्री खरीदका लागि समय दिएको छ ।