भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र : नेपाली सेना

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ ।  हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेको थियो । तर, नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’ राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।

साथै, भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सेनाले भनेको छ, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’

सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ । नयाँ दिल्लीमा मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा नरभानेले लिपुलेकमा कुनै समस्या नभएको बताउँदै यो मुद्दा नेपालले कसैको इसारामा उठाएको दाबी गरेका थिए ।

दूरी : पुस्तकप्रसाद

दूरी

एउटै नहुन सक्छ
हामी जन्मिएको मिति
नहुन सक्छ एउटै अवस्था
पला, घडी र समय
आमाले घाँस काटिरहँदा
जन्मिएको थिएँ म
तिमी अस्पतालमा
जन्मिएकी हुन सक्छ्यौ
तर एउटै थियो
हामी जन्मिएको आकास ।

आँधी तुफान आइरहन्छ
भत्काइ रहन्छ
पक्कै म जन्मिँदा
हुरी चलेको हुनुपर्छ
झरी परेको हुनुपर्छ
मुस्कुराइ रहन्छ्यौ
रमाइरहन्छ्यौ
तिमी जन्मिदा बहार हुनुपर्छ
फूल फुलेको हुनुपर्छ
तर एउटै थियो
हामीले फेरेको पहिलो सास ।

जहाँ तिम्रा आँखा थिए
जहाँ तिम्रो मुटु छ
छातीको देब्रेतिर
त्यही छ मेरो पनि मुटु
पानी बग्दैन मेरो नसामा पनि
भोक तिमीलाई पनि लाग्छ
तिमी जुत्ता लगाएर
लुगा लगाएर हुर्कियौ
म काँडा टेकेर
सबथोक देखाएर हुर्किएँ
तर एउटै थियो
तिम्रो र मेरो निद्रा

साथी !
के छ तिम्रो जातमा त्यस्तो
जसले तिमीलाई मसँग
प्रेम गर्ने अनुमति दिएन ।     पुस्तकप्रसाद

बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न र नगराउन अनुरोध गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए ।

 

काभ्रेमा करिब ५० वर्ष यताकै भिषण वर्षा

काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए ।

बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ५० वर्ष यताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पु¥याएको क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ ।

 

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

कोरोना फेरी फैलिने त्रासपछि ऊहानमा गरियो ६७ लाखमा कोरोना परीक्षण

कोरोना भाइरसको सुरुवाती केन्द्र मानिएको उहान शहरमा फेरि कोरोना फैलिनसक्ने भय निवारणका लागि पछिल्लो १२ दिनमा झन्डै ६७ लाख जनतामा कोरोना परीक्षण गरिएकोसमाचारमा जनाइएको छ ।

स्थानीय स्वास्थ आयोगका अधिकारीहरुले जारी गरेको तथ्याङ्कमा ६६ लाख ८० हजारभन्दा धेरै जनतामा कोरोना परीक्षण गरिसकिएको उल्लेख छ । दोस्रो लहर आउनसक्ने चिन्ता बढेपछि हुवेई प्रान्तमा चीन सरकारले सामूहिक परीक्षणलाई तिव्रता दिएको हो । ब्लुम्वर्ग न्युजले मंगलबार गरेको विश्लेषणअनुसार यसरी परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ । उहानमा १२ मे देखि नै कुनै हालतमा सम्पूर्ण १ करोड १० लाख जनसंख्यामा परीक्षण गर्ने काम सुरु भएको थियो, ७६ दिन लामो लकडाउन खुला गरेपछि फेरि नयाँ संक्रमित भेटिएका कारण दोस्रो लहर रोक्न यस्तो उपाय लगाइएको हो ।

गत सातामात्रै चीनको राष्ट्रिय स्वास्थ नियोगले कोरोना भाइरसको महामारी सुरु भएयता देशमा पहिलोपटक २४ घण्टाभित्र कुनै पनि नयाँ बिरामी नभेटिएको जनाएको थियो । बेइजिङमा सरकारको वार्षिक बैठकमा बोल्दै सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोन नियन्त्रणमा बल्लतल्ल हासिल भएको उपलब्धि गुम्न नदिनका लागि तिव्र परीक्षण र देशको अर्थतन्त्र खोल्ने विषयमा प्रोत्साहन गरिने बताएका थिए । उहान स्वास्थ आयोगका अनुसार शनिबारमात्रै एकैदिन शहरभर ११ लाख जनसंख्यामा परीक्षण गरिएको छ । मेइ १२ देखि २४ गतेको अवधिमा परीक्षण तिव्र रुपमा बढाइएको छ ।

यसको तुलनामा अमेरिकामा परीक्षण निकै कम छ, जहाँ मार्चको सम्पूर्ण महिनामा १० लाखभन्दा कम जनसंख्यामा परीक्षण गरिएको थियो । न्युर्योक टाइम्सले मंगलबार प्रकाशित गरेको समाचारहरुअनुसार उहानमा झन्डै ९० प्रतिशतमा सम्पूर्ण परीक्षण भइसकेको छ र शुक्रबारसम्म थप १४ लाख ७० हजारको परीक्षण हुनेछ ।

यता, झन्डै २ करोड जनसंख्याको अमेरिकाको न्युर्योक शहरमा मार्च ४ यता केवल १७ लाखमा मात्रै परीक्षण भएको छ । डोनाल्ड ट्रम्प प्रशासनले गत अप्रिलमा दैनिक रुपमा ५० लाखमा परीक्षण गरिने दाबी गरेको थियो । तर पछि यसलाई झारेर दैनिक २० लाखमा परीक्षण गरिने भन्यो । तर, सार्वजनिक तथ्याङअनुसार अमेरिकाले अप्रिलको अन्तिम सातायता बढीमा दैनिक २ लाख २० हजारसम्म परीक्षण गर्न सकेको छ ।

कवि पुस्तक प्रसादका देशभक्तिका कविता : ‘नाङ्गो छाती लिएर सिमानामा उभिन तयार छु’

सरकारले लिपुलेक, लिम्पियाधुरार कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरिसकेको छ । नयाँ नक्सा सार्वजनिक भएपछि भारत र भारतीय मिडियाहरुले नेपाललाई बिभिन्न आरोपहरु लगाइरहेका छन् । यो समयमा नेपालका कलाकर्मीहरुले भारतको विरोधसँगै सरकारलाई समर्थन गर्दै मातृभूमि र देशसँग सम्बन्धित विभिन्न रचना सृजनाहरु गरिरहेका छन् । यसै सन्दर्भमा विदेशमा रहेर नेपाली कला संस्कृतिको जगेर्नाका लागी सक्रिय लोकप्रिय गायक दिनेश गौतमले आफ्ना कविता मार्फत देशभक्तीको भाव व्यक्त गरेका छन । पछिल्लो पटक उनका थुप्रै कविताहरु सामाजिक संजालमा चर्चा कमाईरहेको छ ।

’पैसा कसले बनायो’? भन्ने गीतबाट चर्चामा आएका गायक दिनेशलाई साहित्यको दुनियाँमा पुस्तक प्रसाद उपनामले चिनिन्छ । उनको म ईश्वर भएको भए, इमान बेचिदिन्छ मान्छे, हो यस्तै रहेछ माया, फर्केर आएन मायालु जस्ता थुप्रै गीतहरु चर्चित छन् । उनको मातृभूमि र देशप्रति समर्पित कविता यस्तो छ ।

देश
तयार छु उल्टाइ दिन
जङ्गे र बलभद्रको इतिहास
मुला काटेझैँ काटिदिन
दुश्मनको गर्धन
देखाइ दिउँ कि
यो वीरहरुको बिर्ता हो भनेर
र दिन तयार छु फेरि पनि
नेपाली हुनुको प्रमाण ।

हो मसँग पनि छ
नेपाली नागरिकता
पुरानो दौरा सुरुवाल
ढाका टोपी छ
पटुकीमा सिउरिएको छु सिरुपाते
मेरो छातीमा पनि छ
सिमानासँगै च्यापिएको
मेरो देशको चेप्टो नक्सा ।

भोकभोकै खाली पेट
खाली खुट्टा
नाङ्गो छाती लिएर
सिमानामा उभिन तयार छु
तयार छु मेरो झन्डालाई
मेरै रगतले पेन्टिङ गर्न
तर सरकार
खुकुरी उठाउन पनि
बल चाहिने रहेछ ।

तपाई नै भन्नुस
गिटी कुट्दा कुट्दा
दुब्लो भएको मेरो पाखुरी
हावा , घाम खाएर
जुन, तारा, चन्द्रमा खाएर
देश रागको
गीत गाएर मात्रै
कहिलेसम्म जोगाउन सक्छु
मेरो देश ।     – पुस्तक प्रसाद

 

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण पछि टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।

टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।