गायिका सरुको चाईनाको तेल अहिले सम्झदै (भिडियो सहित)

सरुको चाईनाको तेल अहिले सम्झदै नेपालमा पानीजहाज आउने ,चाईनादेखि तेल आउने ,रेल आउने कुरा अझै पनि सेलाको छैन ।सबैतिर अझै चर्चा छ ।यहि कुरा केपी ओलीको सरकारमा आउने बितिकै यो कुराले चर्चा पायो ।पटक पटक प्रधानमन्त्रिको हैसियतले यो कुरा भने । यहि कुरालाई लिएर कति गीतहरु बने ।यहि परिभेसकाई समेटेर करिब ४ बर्ष अगाडी लोक तथा दोहोरि गायिका धनकुमारी थापा सरुले चाईनाको तेल बजारमा ल्याएकी थिइन् ।त्यो गीतले अहिले फेरी चर्चा पाउन थालेको छ ।लोक तथा दोहोरि गायिका धन कुमारी थापा सरु ,गायक मनोज सिंह धामी रहेका छन्।त्यसैगरी मनोज सिंह धामीले लय भरेका छन भने मनोज सिंह धामी र सरु थापाले शब्द संकलन गरेका छन् । गीतलाई अझै बनाउन चर्चित हास्यकलाकार दमन रुपाखेती र सरु थापाले नै अभिनय गरेका छन । त्यसगरी दृश्य छायाकन अजय रेग्मी ,सम्पादन बिष्णु शर्मा ,निर्देशन प्रकाश भट्ट र दृश्य निर्माण शाईभिजन प्रालिले गरेका छन् । यो भिडियो तृष्णा म्युजिक मार्फत म्युजिक नेपालले बजारमा ल्याएको थियो । यो गित अहिले सबैले मन पराउन थालेको र सबैको मुखमा झुदिरहेको छ ।आफुलाई अहिले फोन गरेर म्यासेज गरेर गीतको बारेमा भन्न थालेको र मन पराउन थालेको आफु दंग परेको गायिका धन कुमारी थापा सरुले बताईन । हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *