कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *