साल्ट ट्रेडिङ्गद्वारा कर्मचारीलाई कोरोना बीमा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले कर्पोरेशनमा कार्यरत आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । देशमा संकटको विषम अवस्थामा निरन्तर जनता माझ सर्वसुलभ तवरले सहुलियत दरमा गुणस्तरीय खाद्यान्नहरु आपूर्ति गर्दै आम उपभोक्ताको सेवामा निरन्तर सदैव तत्पर रहने कर्पोरेसनले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको हो ।
विषम परिस्थिति भएको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सुरक्षा उपकरण प्रयोग गर्दै लकडाउन भएदेखी नै निरन्तर खटिरहेका छन् । त्यसका लागी कर्पोरेशनका कर्मचारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नियमहरु पालना गरि आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कर्पोरेशनले जनाएको छ ।


कर्पोरेशनले वितरण प्रणालीलाई अझ प्रभावकारी तुल्याउदै यस बिषम परिस्थिती माझ बिक्री कक्ष संचालन गर्नुका साथै मोबाईल भ्यान मार्फत घरदैलो सेवा, स्थानिय निकायसँगको सहकार्य, डिलरलाई नियमित आपुर्ती लगायतका रणनितीहरु अबलम्बन गर्दै आएको छ कर्पोरेशनले लक डाउन शुरु भएदेखी नै आम उपभोक्ताको घरदैलोमा सर्वसुलभ तवरले सहुलियत मूल्यमा नून,चिनी, चामल पिठो लगायतका अत्यावश्यक खाद्यान्न आपूर्ति गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *