गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर :क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर रहेको उनी उपचाररत अस्पतालले स्पष्ट पारेको छ ।

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको र अहिले आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘बिरामीको मृत्यु भएको भन्ने हल्लामात्रै हो । उहाँको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ ।’ अस्पतालले मृृत्यु भएको भनेर पुष्टि नगरेको भन्दै उनले आफूहरुले यसबारे स्पष्ट पार्न विज्ञप्ति जारी गर्न लागेको पनि बताए । बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीँ उपचार गर्ने भनेपनि आफूहरुले उपचार गरिरहेको उनको भनाइ छ ।
गम्भीर अवस्थामा रहेका बिरामीलाई आफ्नो अस्पतालले निको पार्न हरतरह प्रयास जारी रहेको भन्दै उनले अस्पतालले पुष्टि नगर्दासम्म धैर्य गरिदिन आग्रह गरे । यसैगरी प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि बिरामी जिवितै रहेको पुष्टि गरे ।

तर बिरामीको अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको स्पष्ट पार्दै उनले आफूलाई उदृत गर्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको समाचारप्रति आपत्ति जनाए । उनले भने, ‘बिरामी जिवित, अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको छ । अनावश्यक हल्ला फैलिएपछि मैले अस्पताललाई विज्ञप्ति निकालेर स्पष्ट पार्न निर्देशन दिइसकेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *