Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १२५ नेपालीको मृत्यु

admin

महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । उनका अनुसार संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो । सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।

समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन । १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा। सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा १३ जनाको मृत्यु भएको छ । नेपाल र विदेशमा गरी कूल मृतकको संख्या १३८ रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको