वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

राष्ट्रखबर-

बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज ब्यांकले रु. दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग गरेको छ। बन्दाबन्दीको वेला उक्त विद्याश्रममा रहेका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएकाले ब्यांकले सो सहयो उपलब्ध गराएको जनाएको छ।

ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई सो आर्थिक सहयोग गरेको पनि जनाएको छ। शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा रु. दुईलाख २५ हजार नगदको चेकका साथै पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *