नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थाले

राष्ट्रखबर-

असार, काठमाडौं । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । शनिबार सर्लाही, बारा र पर्सामा सहल भेटिएको छ । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६।१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा ठूलो झुन्ड सलह रहेको उनले जानकारी दिए ।

‘बदम, धानका बोटहरु खाँदै छ, मैले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गराईसकेको छु । अहिले स्थानीयसहित हामी प्राविधिकहरु खटेका छौं । विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँदैछौं ।’ बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्‍याएको भने खुलिसकेको छैन ।

बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादव पानी परिरहेको बेला सलह किरा नेपाल भित्रिएको पुष्टि भएको बताए ।‘हाम्रो टोली तत्काल परिचालन भयो, किराहरु रुखमा बसिरहेको हामीले भेट्यौं, त्यहाँ किराको झुन्ड सानो थियो, बाली संरक्षण प्रविधिकले हेर्दा त्यो सलह भन्ने पुष्टि भयो,’ केन्द्र प्रमुख यादवले भने । उनकाअनुसार पानी रोकिएपछि किराहरुले त्यहाँ पनि तरकारी बाली खान थालेका छन् ।

‘किराहरु ठूलो संख्यामा निजगढमा छ भन्ने पछिल्लो सूचनापछि हामी अहिले त्यता जाँदैछौ हामीसँग प्राविधिक पनि छन्त, तत्कालका लागि हामीले किरा भएको क्षेत्र पहिल्याउँदैछौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *