कलाकार शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

राष्ट्रखबर-

बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।

लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । गीत मुखमा हान्नुजस्तो नामको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *