Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थाले

admin

२२,असार- रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।

मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले ताउनुभयो । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।

रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको