Logo
29 Apr 2024    १७ बैशाख २०८१, सोमबार

ताजा खबर

दुईटा नागरिकता लिएको छैन : कैलाश सिरोहिया चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको अध्यक्षमा सुवास अधिकारी झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता उपराष्ट्रपति यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थानद्वारा भेटवार्ता

अभद्र गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

admin

काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा हो–हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको छतिवन नगरपालिका–९ घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष ३४ को निमा लामा, नुवकोटको ताँदी गाउँपालिका–२ घर भएका वर्ष २८ को प्रकाश तामाङ र धादिङ्ग रोराङ नगरपालिका–२ घर भएका वर्ष ३१ को बिनोद लामा रहेका छन्।

उनीहरुले हो–हल्ला गरी सबै साधारण मानिस, महिला तथा बालबालिकाहरुलाई अश्लिल गाली गलौज, डर त्रास, धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरु उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको