Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि

admin

हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै आर्मीले उपाधि जित्यो ।

उपाधि जितेसँगै आर्मीले नगद ५ लाखसहित मेडल र ट्रफी हात पारेको भने भने नेपाल पुलिस क्लबले ३ लाख रुपैयाँ, मेडल र ट्रफीमा चित्त बुझाएको छ । निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

पुलिसका तर्फबाट तेज तामाङ र बुद्ध लामाको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गराए । आर्मीका लागि गोलरक्षक कुथु, सन्तोष तामाङ, दिप लामा र विवेक बस्नेतले गोल गरे भने नवयुग श्रेष्ठको प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो ।

पुलिसका लागि सुमन लामा, अजितराज भण्डारी र दिनेश राजबंशीले गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका आर्मीका कुथु प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत भए । उनले नगद १५ हजार पाएका छन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट फरवर्ड नेपाल पुलिसका अभिषेक रिजाल, मिडफिल्ड तेज तामाङ र डिफेन्स दिनेश राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिको रुपमा नेपाल आर्मीका बिमल पाण्डेले नगद ५० हजार प्राप्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको