Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

विश्वका चर्चित व्यक्तित्वहरुको मात्र आवरण राख्ने भारतिय पत्रिकामा विश्व किर्तिमानी गीतकार डा.डिआरको कभर तस्विर

admin

नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डि.आर.उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ ।

मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा.उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा.उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ ।

पत्रिकाले डा. उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा.डि.आर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ ।

पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्तिमान (विश्वास गर्नुहोस् अथवा वेहोस् हुनुहोस्) कायम गर्न सफल डा.धर्मराज उपाध्याय’ लाई प्रस्तुत गरेका छौं, यस्ता व्यक्तित्वलाई हाम्रा पाठकसमक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्ति भएको’ उल्लेख गरेका छन् ।

पत्रिकाले डा.उपाध्यायले हालसम्म विश्व कीर्तिमान कायम गरेका सम्पूर्ण विषयहरु समेत उल्लेख गरेको छ ।

विश्वका चर्चित व्यक्तित्वहरुको मात्र कभर राख्ने पत्रिकाले यसअघि सलमान खान, अमिताभ बच्चन, अजय देवगण, शाहरुख खान , गोविन्द, अक्षय कुमार, दीपिका पादुकोण आदिले आफ्नो आवरणमा चित्रण गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको