Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै

दर्शकको मन जित्दै चलचित्र “तिमी हुन्छौ जहां जहां”,बढ्यो ग्रस कलेक्सन

admin

काठमाडौं। शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ले निकै उत्कृष्ट व्यापार सँगै ३० लाखमाथीको ग्रस कलेक्सन गरेको छ । शुक्रबार र शनिबार मात्रै ३० लाख माथी ग्रस लकेक्सन गरेको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले हाल ८५ भन्दा बढी हलमा प्रदर्शन भैरहेको चलचित्रका निर्देशक बिकास वस्यालले जानकारी दिएका छन । लभ, रोमान्स र एक्सनले भरिपूर्ण चलचित्र हेरेर फर्किएका दर्शकहरुले चलचित्र निकै राम्रो र पछील्लो समयका चलचित्र भन्दा फरक कथा वस्तु सँगै मनिष र मलिनाको काम निकै तारिफ योग्य रहेको बताए।


निर्देशक बिकास बस्याल निर्देशित चलचित्रमा मदन दवाडीको प्रस्तुती, प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण,अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।
चलचित्रमा मनीष सुन्दर श्रेष्ठ र मलिना जोसीको साथमा स्वरूपपुरुष ढकाल, रवी गिरीका, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ भने वर्षा शिवाकोटी अतिथि भूमिकामा प्रस्तुत भएकी छिन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको