Logo
29 Apr 2024    १७ बैशाख २०८१, सोमबार

ताजा खबर

बझाङमा एमालेका दमन भण्डारी विजयी वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भोजपुरमा जिप दुर्घटना अनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने घट्यो सुनको मूल्य हाम्रो जीवनको यात्रा कुनै उद्देश्य बिना सुरु हुन्छ: आचार्य प्रशान्त

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

Reporter

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतको यो फैसलासँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । साथै, लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको