Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

एक महिलालाई ‘चिकनगुनिया’ को पुष्टि

admin

चितवनमा यस वर्ष एक महिलालाई ‘चिकनगुनिया’ भएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकाकी एक महिलामा चिकेनगुनिया संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जनाएका छन्।

‘जेठ १९ गते बिरामी भई नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी महिलाको रगत परीक्षण गर्दा चिकेनगुनिया संक्रमित भएको पुष्टि भएको थियो,’ झाले भने, ‘चिकनगुनिया भएको पुष्टि भए पनि उपचार पूरा गरेर एक महिनापछि मात्रै जनस्वास्थ्य कार्यालयले उनीहरुलाई जानकारी दिएको हो।’

चितवनमा गत वर्ष भदौँ र मंसिरमा गरी दुई जनामा चिकनगुनिया फेला परेको थियो। यस वर्ष बर्खाको सुरुवातमै यो संक्रमण देखिएकाले उच्च सर्तकता अपनाइएको कार्यालयका कीट नियन्त्रक राम केसीले जनाए। चिकनगुनियाको संक्रमण फैलन नदिन कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको केसीले बताए।

यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यी लामखुट्टले डेँगु भाइरससमेत सार्छन्। यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन्। चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने, हाड तथा जोर्नी दुख्ने लगायतका लक्षण देखापर्छन्।

चिकनगुनियाबाट बच्ने उपाय
चिकनगुनिया एक व्यक्तिबाट अर्कोमा भने सर्दैन। यो रोगको कुनै खास औषधि नभएकाले चिकनगुनिया सार्ने लामखुट्टेबाट जोगिनु नै यसको प्रमुख उपाय हो। यो लामखुट्टेबाट बच्न खुल्ला ठाउँमा पानी जम्न दिनु हुँदैन। घरमा पानी राख्ने भाँडा पनि छोपेर राख्नुपर्छ।

पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, खाली ड्रमहरु, गाडीको टायर आदिमा पानी जम्न दिनु हुँदैन। पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउनुपर्छ। सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ। घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ। घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको