Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

१० औं यल कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियोगिता सन्चालनमा

admin

 ललितपुर, १३ कार्तिक – पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता –२०७५ सन्चालनमा आएको छ । प्रतियोगिता शनिबार देखि शंखमुल प्लानिङ्गमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा भइेरहेको कुरा ईलेभेन स्टार क्लबका उपाध्यक्ष राजेश तण्डुकारले बताए । प्रतियोगितामा पुरुष युगलमा ५३ जोडी, भेट्रान्स जोडीमा ११, मिक्स जोडी तर्फ १६ र यु – १५ मा २८ जोडीले सहभागिता जनाएको तण्डुकारले जानकारी गराए । उपाध्यक्ष राजेश तण्डुकारले बताए अनुसार करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताएका छन् l

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको