Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

Reporter

मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ ।

गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३४२ हजार रुपियाँ बराबरको ५०७ केजी निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सात महिनामा दोब्बरले यार्चागुम्बा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ । नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ । आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ । यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ ।

चीन, अस्टे«ेलिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ ।

विभागका अनुसार चालु आवको सात महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा चार करोड २० खाल रुपियाँ बराबरको ८४ किलो यार्चागुम्बा निर्यात भएको छ । यस्तै हङकङमा ३९९ केजी २६ करोड २४ लाखको निर्यात भएको छ । यार्चागुम्बा जडीबुटी, औषधी तथा महँगो किसिमको रक्सी बनाउनमा प्रयोग हुने गरेको छ । नेपालमा पाइने सात सयभन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधी यार्चागुम्बा पनि हो ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको