Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

फिल्म ‘छपाक’मा दीपिकासँग छैनन् राजकुमार र आयुष्मान

admin

deepika padukon दीपिका

काठमाडौं, पुस-६ ।

वलिवूड अभिनेत्री दीपिका पादुकोण बिहेपछि अब अभिनयमा फर्कने तयारीमा जुटेकी छिन् । दीपिकाको नयाँ फिल्मलाई लिएर लगातार समाचार बाहरी रहेका छन् । उनी चाँडै नै मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’मार्फत देखिँदै छिन् । उक्त फिल्ममा एसिड आक्रमणमा परेकी लक्ष्मीको जीवनमा आधारित छ ।

केही दिनपहिले सो फिल्ममा राजकुमार राव र आयुष्मान खुराना मुख्य भूमिकामा रहने खबर बाहिरिएको थियो । तर, पछिल्लो खबरअनुसार ‘छपक’बाट आयुष्मान र राजकुमार दुवै बाहिरिएका छन् ।

अब यो फिल्ममा भने नयाँ अनुहार विक्रान्त मेस देखिने भएका छन् । मेघनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार फिल्मको अन्य सबै कलाकार निश्चित भइसकेको छैन । विक्रान्तसँग मेघनाले फिल्म ‘राजी’ को समयदेखि नै काम गर्न ईच्छुक रहेको बताएकि थिईन । मेघनाले भनेकी छिन्, ‘अ डेथ इन द गन्ज हेरेपछि मैले विक्रान्तसँग काम गर्न ई्च्छुक थिएँ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको