Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ

अध्यक्ष नछोड्ने ओलीको अडान, प्रतिनिधि सभा पुनर्स्थापनाको माग दोहोर्‍याए

Reporter

जेनजी आन्दोलनपछि एक सातासम्म सैनिक सुरक्षा घेेर बसेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पद छोड्न दबाब बढ्दो छ। तर, ओलीले आफू अझै सक्षम रहेको भन्दै अध्यक्ष नछोड्ने स्पष्ट सन्देश दिएका छन्।

हाल सार्वजनिक कार्यक्रममा देखिन छाडेका ओलीले प्रदेश र जिल्लास्तरीय नेतासँग भर्चुअल संवादमार्फत धारणा बुझ्ने र आफ्ना विचार राख्ने काम गरिरहेका छन्।

‘सक्रियताले दिन्नँ, इमान्दारीले दिन्नँ, कुनै हिसाबले पनि दिन्नँ, जबसम्म म सक्छु,’ ओलीले गण्डकीका नेताहरूसँगको संवादमा भनेका थिए।

पार्टीभित्र अनावश्यक हल्ला मच्चिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका नेतासँग उनले खुलेर पार्टी नेतृत्व र आगामी योजनाबारे छलफल गरेका छन्।

आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमा केही पदाधिकारीले ओलीको राजीनामा मुख्य एजेन्डा बनाउने तयारीमा छन्। त्यसपछि असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।

भर्चुअल संवादमा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको र पार्टी अदालत जाने तयारीमा रहेको बताएका छन्। कोसीका नेताहरूले भने पार्टी तत्काल महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्।

हाल ओलीले पद नछोड्ने अडानमा रहँदा एमालेभित्रको आन्तरिक राजनीतिक तापक्रम अझ चर्किने संकेत देखिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको