Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

चार दिनपछि खुल्यो बञ्चरेडाँडा ल्याण्डफिल साइट, फोहोर फाल्न सुरु

Reporter

करिब चार दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु भएको छ। आइतबार बिहानदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइट स्थानीयको सहमतिसँगै खुल्न पुगेको हो।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँका अनुसार सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई १५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि फोहोर फाल्न अनुमति दिएको हो।

बजगाईँले भने, “मन्त्रीज्यूले नै ‘१५ दिनभित्र माग पूरा गरिन्छ, अहिले फोहोर नरोकिनुहोस्’ भन्नु भएपछि हामीले अनुमति दिएका हौँ। अहिले रोकिएका गाडीहरू बञ्चरेडाँडातर्फ गइसकेका छन्।”

मन्त्री घिसिङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राईलगायत अधिकारीहरू पनि आज बिहानै बञ्चरेडाँडामा पुगेका थिए।

२०७९ जेठ २६ गते गरिएको १८ बुँदे सम्झौता कार्यान्वयनमा संघीय सरकार र काठमाडौं महानगरपालिकाले उदासीनता देखाएको आरोप लगाउँदै प्रभावित स्थानीयले फोहोर फाल्न रोक्दै आएका थिए।

गत शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि फोहोर व्यवस्थापन संकट थपिने संकेत देखिएको थियो। हाल काठमाडौं उपत्यकाका स्थानीय तहबाट दैनिक १५० भन्दा बढी फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडामा पुग्ने गर्छन्।

उक्त ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका, साथै धादिङको धुनवेशी नगरपालिकाका स्थानीय बासिन्दा वर्षौंदेखि प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको