Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

महसंचारको प्रस्तुती एवं किरण केसीको निर्माणमा “शत्रुगते” आउने

admin

लामो समय पश्चात महसञ्चारले नेपाली कथानक चलचित्र शत्रुगते निर्माणको घोषणा गरेको छ । महसञ्चारले शुक्रबार ललितपुरको ब्रिक्स क्याफेमा पत्रकार सम्मेलन गरेर चलचित्र ‘शत्रुगते’ निर्माणको घोषणा गरेको हो । महसञ्चारको ब्यानरमा बन्न लागेको चलचित्र व्यापारिक दृष्टिकोण भन्दा  पनि गुणस्तरियताका लागि निर्माण गर्न लागेको कलाकार एवं चलचित्रका प्रस्तुतकर्ता हरिवंश आचार्यले बताएका छन् ।

कलाकार एवं अर्का प्रस्तुतकर्ता मदनकृष्ण श्रेष्ठले ‘शत्रुगते’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । दर्शकको मन जित्ने उद्धेश्य अनुरुप यो चलचित्र महसंचारले निर्माण गर्न लागेको कुरा वताए । मह संचारले पैसा भन्दा पनि चलचित्रलाई दर्शकको मनमा अटाउने खालको चलचित्र बन्ने प्रयासका लागि निर्माण गर्न लागेको कुरा बताए । चलचित्रका निर्देशक प्रदिप भट्टराईले ७ महिनाको निकै कडा परिश्रम पश्चात यसको स्क्रिप्ट तयार भएकोले यो चलचित्र पनि जात्रा जस्तै सफल हुने विश्वास लिएको कुरा वताए ।

प्रदिप भट्टराईले निर्देशन गर्ने चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार पल शाह, लगायत चर्चित कलाकारहरुको जम्बो टोलीको अभिनय रहेको छ  । हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङको छायांकन रहने छ । राजनराज शिवाकोटीको संगीत रहने चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । किरण के.सीको निर्माण एवं महसंचारको प्रस्तुती रहने यो चलचित्र चैत ९ गते प्रदर्शनमा आउने चलचित्र कार्ति ६ गतेबाट छायांकन सुरु गरिने बताइएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको