Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार

admin

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ ।

रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ ।

स्रोतः बीबीसी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको