Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज, कोशी प्रदेशमा सार्वजनिक बिदा एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित पाथिभरामा केबलकार बनाउने विषयमा झडप

स्याङ्जाका १२ महिने शिशु संक्रमित

admin

पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना कोरोना संक्रमित थपिए । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा(आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।

गाउँ आएकै दिनबाट क्वारेन्टिन बसेकाले बाह्य सम्पर्क भने नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार शिशुको अवस्था अहिले सामान्य छ । ‘गाउँपालिकाले सीमामा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको थियो । अहिले संक्रमित सबै भारतबाट आएका नै हुन्,’ उनले भने ।

संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भएरनभएको भन्नेबारे भने गण्डकी स्वास्थ्य निर्देशनालयबाट जानकारी आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले सुनाए । ‘यहाँ नाम टिपाउँदा अर्कै र स्वाब परीक्षण गर्न पठाउँदा अर्कै नाम पठाउँदा रहेछन् । त्यसैले निर्देशनालयबाट सम्पूर्ण जानकारी नआउँदासम्म यसै भन्न सकिने अवस्था छैन,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै जेठ ३१ गते १२ महिने शिशुसहित एउटै गाडीमा आएका थिए । सोही गाडीमा आएका ४१ जनाको स्वाब संकलन गरी असार ५ गते परीक्षणका लागि पोखरा पठाइएको पौडेलले जानकारी दिए ।

उनीहरुको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको थियो । ४१ जनाको स्वाब परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अर्जुन चौपारी गाउँपालिकाको क्वारेन्टिनमा अहिले ९२ जना छन् । उनीहरु सबै भारत लगायत बाहिरी जिल्लाबाट आएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको