नेपाली ब्यवसायी जगतमा पछिल्लो समय उदाँउदो समुह हो– एभ्रीटाईम गु्रप । एकपछि अर्काे सफलताको सिँढी चढ्दै गरेको एभ्रीटाईम गु्रपले उत्पादनका साथै सेवामुलक क्षेत्रमा समेत लगानी गरिरहेको छ । एभ्रीटाईम फूड प्रालि Certified ISO 9001:2015 (Quality management system) कम्पनी हो भने “The Power Of Dance 2016” lukeka pratibhaharuko pahichan नामक कार्यक्रम कोअर्गनाइनजर समेत रहेको कम्पनी अन्तर्गत एभ्रीटाईम फूड प्रोडक्ट, एभ्रीटाईम को अपरेटिभ लिमिटेड, एभ्रीटाईम ट्राभल एण्ड टुर्स लगायत सञ्चालनमा छन् । यसका जन्मदाता हुन युवा व्यबसायी महेशराज खकुरेल ।
काभ्रे जिल्लाको कोशीदेवी गाविस वडा नं. ७ मा जन्मिनु भएका खकुरेल अहिले एभ्रीटाईम गु्रपका अध्यक्ष हुनुहुन्छ । यसका साथै उहाँ हिमालयन फुड प्रडक्टका प्रोप्राइटर, एभ्रिटाइम सेभिङ एण्ड को–अपरेटिभका अध्यक्ष तथा एभ्रिटाइम फुड नेपाल प्रालिका सिइओ हुन् । हिमालयन फुड प्रोडक्टबाट ब्यवसाय जगतमा प्रवेश गर्नु भएका उहाँले अहिले विभिन्न कम्पनी तथा संस्थाहरुमा आबद्ध छन् । खकुरेलको कम्पनीबाट उत्पादित सामाग्रीहरु अहिले सडकपेटीदेखि सुपरमार्केटसम्म लोकप्रिय हुन थालेका छन् ।
करिब १५ वर्ष अगाडिदेखि व्यबसायमा क्रियाशिल धैर्यता र इमान्दारिताले नै सफलता हात परेको वताउछन् । जुनसुकै क्षेत्रमा लागे पनि नियमित मिहिनेत र लगनशिलता कायम गर्न सके सफलता हात पर्ने उनकाे सुझाव छ । व्यवसायी जगतको सुरुवातलाई सम्झिदै खकुरेल भन्छन्– “जीवनमा सफलता कसरी प्राप्त गर्ने भन्ने सोच्दा व्यवसाय नै उत्तम बिकल्पका रुपमा लाग्यो त्यसैले केही गरौं भन्ने लक्ष्यसहित यस क्षेत्रमा हात लागेको हुँ ।” उनले भने ।
खकुरेलकाे एभ्रीटाईम फूड कम्पनीले नेमकीन, चिप्स, ड्राइ फुड्स लगायत ३५ वटा प्रोडक्टहरु उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । यी उत्पादनहरु राजधानीमा मात्रै होईन देशका विभिन्न भागहरु विशेषगरी पोखरा, विराटनगर, काभ्रे लगायतका प्रमुख सहरहरुमा बिक्री विरतण हुँदै आएको छ । देशभित्र मात्रै होईन एभ्रिटाइमका उत्पादनहरुले विदेशी बजारमा पनि चर्चा कमाउन सफल भईसकेको छ । त्यसो त अहिले छिमेकी मुलुक चीन र अष्ट्रेलियामा राम्रो बजार विस्तार भईरहेको अध्यक्ष खकुरेलले वताए ।
फुड प्रडक्टहरु स्वास्थ्यसँग सरोकार रहेकाले गुणस्तरमा विशेष जोड दिनुपर्ने उनकाे भनाई छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्ने काम गरेकाले नै व्यवसाय विस्तार गर्न सफल भएको भन्दै खकुरेलले उपभोक्ता नै व्यवसायको मुटु भएको टिप्पणी गरे । “हाम्रो उत्पादनमा गुणस्तरको कुनै प्रश्न नै हुँदैन, हामी एकदम सजक र सतर्क छौ ।” उनले भने । राजधानीका नामी सुपरमार्केटहरुमा समेत एभ्रिटाइम ब्राण्डका उत्पादनहरुको क्रेज बढ्दै गएको वताए। कम्पनीले उत्पादित सामाग्रीको बजारीकरण र गुणस्तरीयताको सवाल मात्रै होईन खाद्यान्न उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत नेपाली बजारबाटै खरिद गर्दै आएका छन । जसले गर्दा नेपाली स्रोत साधनले समेत बजार पाएको छ ।
एभ्रिटाइम ग्रुपले क्षणिक सफलता मात्रै सोचेको छैन त्यसैले पनि उत्पादनमा विशेष ध्यान दिएको छ । ब्यवसायलाई विस्तार गर्नका लागि दिर्घकालिन रणनीतिहरु तय गरेर अघि बढीरहेको अध्यक्ष खकुरेलको भनाई छ । त्यसैले त यो ग्रुपकै नामबाट विभिन्न क्षेत्रमा लगानी समेत बृद्धि गरेको छ ।