Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

admin

गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ ।

चर्चित गीत पैसा कस्ले बनायो ? बाट चर्चामा आएका गायक गौतम दुई दशकदेखी निरन्तर नेपाली गीत संगीतमा लागि रहेका छन । पैसा, इश्वर, प्रजुसा, प्रभाब, शीतल, चुपचाप चुपचाप, लगायत ११ म्युजिक एल्बम सर्बजनिक गरिसकेका गौतमका पैसा कस्ले बनायो ? , घरबनाउला बाँसै काटेर , फर्केर आएन मायाँलु ,इमान बेचिदिन्छ मान्छे, म मरिसके पछि लगायत थुप्रै चर्चित गीतहरु पस्किसकेका छन । विशेष गरि कालजयी गीत गाउने गौतमले थुप्रै नेपाली फिल्ममा आफ्नो सुमधुर आवाज दिई सकेका छन । गायन मात्र नभएर नेपाली साहित्यमा पनि निकै राम्रो कलम चलाउने गौतमको लेखन तर्फ पुस्तकप्रसाद को नाम ले परिचित छन फेरि गीत फेरि गजल , (गीत, गजल संग्रह ) र ‘पुस्तक’ नामको गीत संग्रह प्रकाशित छन,कविता गीत र गजलमा सशक्त कलम चलाउने गौतमले पैसा कस्ले बनायो गीत उनको आफ्नै लेखन, सङीत, र आवाजमा तयार भएको गीत बाट उनको चर्चा चुलिएको थियो । गजल गायनमा समेत उत्तिकै दमदार क्षमता र अब्बल दिनेश गौतम उर्फ ‘पुस्तकप्रसाद’ लाई लेखक संगीतकार तथा कुशल गायकको त्रीबेणी मान्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको