Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न

admin

 

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा २०७४ असोज ३ गते संघको केन्द्रिय कार्यालय पुतलिसडकमा अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । संघका उपाध्यक्ष संजय शर्माले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप मान श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो , भने कार्यक्रममा संघको आर्थीक प्रतिवेदन सह कोषाध्यक्ष शारदा शर्माले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महासचिब निरिप केसी ले बार्षिक कार्यक्रम एवं गतिविधी प्रस्तुत गर्नु भएको थियो ।
यसै गरि, भक्तपुर जिल्ला शाखा सह सचिब चुडामणी फुंयाल तथा काठमान्डौ जिल्ला क्षेत्र नं ३ शाखा अध्यक्ष दक्षिणा लामाले शुभकामना मन्तब्य दिनु भएको थियो । सोही कार्यक्रम बनेपा शाखाका मोहन तौजलेको अध्यक्षतामा मा ७ सदस्य कार्यसमीती चयन भएको जानकारी समेत गराईएको थियो । कार्यक्रममा संघका साधरण सदस्यता तथा परिचय पत्र वितरण गरिएको थियो । कार्यक्रममा संघका सम्पूर्ण सदस्य एवं आजिवन सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नृत्य निर्देशक संघले एक वर्षको अवधिमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरेको छ । नृत्य निर्देशकहरुको साझा संगठनको रुपमा स्थापित यस संस्थाले नेपाल भर नै शाखा संचालन गर्दै लैजाने तयारी गर्दै गइरहेको छ । नेपाल भरका नृत्य गुरुहरुलाई एक ठाउमा एकजुट गराई उनीहरुको हकहित तथा अधिकारको सुनिश्चितका लागि एक्यवद्धता भै आवाज उठाउन सक्रिय रहने संस्थाको रुपमा समेत अगाडी बढिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको