Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ

admin

रौतहटको राजपुरमा बम बनाउनेक्रममा भएको विस्फोटमा परि भएको मृत्यु र घाइतेलाई इटाभट्टामा हालेर लागेको आरोपको मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर नगरपालिका(६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्।

नेपाली कांग्रेसका तत्कालिन सांसद आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश(२ प्रहरीले गत महिना पक्राउ गरेको थियो। प्रहरीले २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएको घटनामा अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध मुद्धा दर्ता भएकामा अझै ८ जना फरार छन्।

आलमले भोलिपल्ट हुने निर्वाचनमा धाँधली गर्न स्थानीय इद्रिस शेखको गोठघरमा बम बनाइरहेको बेला विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगेर हालेर मारेको आरोप लागेको छ। त्यहाँ धेरै भारतीय भएकाले कति जनाको ज्यान गएको थियो भन्नेबारे प्रहरीले अनुसन्धानमा यकिन गर्न सकेको छैन। पहिचान भएका दुई जना मृतकका तर्फबाट जाहेरी परेको थियो। उक्त निर्वाचनमा विजयी भएका आलम गत निर्वाचनमा पनि प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सभासद हुन्।

Source: Deshsanchar.com 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको