भारतिय चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन

भारतिय चलचित्र जगतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेटेटिभ आएको थियो । सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *