Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

यातायातमा खेल, भाडामा झेल

admin

चाडपर्व नजिकिए संगै मौकाको फाईदा उठाउने यातायात व्यवसायीहरु पनि गिरोह जस्तै यत्रतत्र सक्रिय भएका छन् । त्यसोत समान्य अवस्थामा पनि चाडबाडको मौका छोपेर यातायात शूल्क लिने र यात्रुलाई सेवासुविधा छुट दिन पनि कन्जुस्याई गर्ने व्यवसायीहरु र यीनै संग मिलेका यातायातका दलालहरुले यात्रु र सरकारी निकायको आखा छल्दै उदण्डा मच्चाई रहेका छन् । मुग्लिन नारायणगढ खण्डको बाटोमा आएका समस्याले यात्रुले अन्य विकल्प छनोट गर्दा पूर्वि तर्फको लागि काठमाडौँ खुर्कोट हुदै बर्दिवास पुगेर महेन्द्र राजमार्गमा जोडिने गरेका छन् भने पश्चीम तर्फका यात्रुहरु पनि पोखरा वुटवल हुदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । सरकारले काम चुस्त ढंगबाट गर्न नसक्दा न बाटो समयमा नै बन्न सक्यो न त बैकल्पिक उपायहरु अवलम्बन्न नै गर्ने चेष्टा गर्यो ।यसको प्रत्यक्ष मार यात्रुले खेपीरहनु पर्यो । यस्तो दुराअवस्थाबाट राज्य गुज्रीरहेकै मौका छौप्दै यातायता व्यवसायीहरु भने मनलाग्दी भाडा लिदै आफ्नो गोजी भर्ने काम गरिरहेका छन् र सडकमा सेवा हैन दलाली गर्ने दलालहरु बसपार्क यत्रतत्र राजधानीबाट बाहिर जाने चोकहरुहरुमा सलबलाईरहेका छन् ।यो विषयमा के गरिहरेको छ यातायात व्यवस्था विभाग र सरोकारवाला निकाय ? दशै केन्द्रित भएर राजधानि बाहिर निस्कने सवारी साधन व्यवस्थापनमा कस्ता पहल कदमी भएका छन् ? यात्रुले आफूले पाउनुपर्ने सेवा सुविधा ,तोकिएको भाडा दरमा यात्रा गर्न पाउनुपर्ने अधिकार र भाडादरमा छुटका विषयमा कस्तो अभ्यास भईरहेका छन् ? यातायात व्यवसायी समीतिहरुले कस्तो सेवा उपलब्ध गराएका छन् ? यसै विषयमा राष्ट्रखवर संवाददाताले तयार पारेको विशेष रिपोर्ट ।

सरकारले दशैलाई लक्षित गर्दै मुग्लिन नारायणगढ सडक खण्डमा राति पनि यातायात आवगमन सुचारु गर्ने भएको छ ।यतायात सहजताका लागि विभिन्न खाले पहल गरेर यातायात सहज बनाउँदै नागरिकलाई सेवा दिनतर्फ यातायात व्यवसायी समितिहरुले लागि परेको बताए पनि त्यो अनुरुप सेवा ग्राहिले सेवा नपाएको गुनासो यत्रतत्र सुनिने गरेको छ । सरकाले टिकट बुकिङ्ग खोल्ने भनेर निर्णय गरेको भएपनि त्यो अनुरुप दशैमा घर जाने यात्रुले टिकट बुकिङ्ग गर्न पाएका छैनन ।पृथिवि राजमार्ग बस सञ्चालक समितिका कर्मचारी विनोद पौडेलले सरकारको पहलमा राजधानिको नयाँबसपार्कमा कर्मचारी सहयोगी कक्षा र सरकारले छोटो र लामो दुरीको भाडा दर तोकी यात्रुले देख्ने गरी टास्ने र यात्रुलाई सचेत गराउने काम गरेको जानकारी दिए । उनले “ सरकारले २२ गते देखी नै वुकिङ्ग खोल्ने भनेको भएपनि लामो दुरीका यातायताले २५ गते देखी बुकिङ्ग खोल्ने र छोटो दुरीका यातायातले परिस्थिति हेरेर बस स्टक भएपछि मात्र दशैको केहि दिन अघि टिकट बुकिङ्ग गर्ने जानकारी दिए ।
मुख्य दलका नेताहरुलाई चुनावको चटारो छ भने उनका उमेद्वारलाई भोट दिने जनता चाहिँ बसको टिकट लिन तँछाडमछाड गर्नुपर्ने बाध्यता छ । दशैंमा घर जानको लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरे लगत्तै टिकट लिनेहरु बसपार्क घाउन थालेका छन् ।अहिले टिकट नलिए, दशैंमा घर जाने बेला बसको सिट पाइन्न त्यसैले जतिसक्दो चाँडो टिकट हात पार्न सबैलाई हतार छ ।

दशैंमा घर जानकै लागि बसको टिकट लिन बसपार्क गएर लाइनमा बसेर टिकट काट्नुपर्ने र ढिला भयो भने टिकट नै नपाएर उभिएर जानुपर्ने बाध्यता भएको रुकूम घर भएका रामहरी रोकायाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको