Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

नवीन बने च्याम्पियन

admin

नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए । निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरे । निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेस्रो भए । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला एकलतर्फ स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोस्रो तथा निमा डोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।

विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ ।  पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौँ–हङकङ–काठमाडौँ, काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ र काठमाडौँ–बैंकक–काठमाडौँको हवाई टिकट पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । चारदिने उक्त प्रतियोगितामा ४० पुरुष र चार महिला प्रतिस्पर्धीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको