Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

न्युरोड कम्प्लेक्समा दशै फेस्टिभलको आयोजना

admin

नेपाली हरुको महान चाड बिजया दशमी नजिकिदै छ । यसको मौलिकता, सामाजिक तथा साँस्कृतिक पहिचान तथा महत्वले दसैंलाई बिशेष बनाउने हरेक नेपालीको चाहना हुन्छ नै । दसैं जस्तो पर्बमा मनोरन्जन प्रदान गर्न एवं बिजया दशमीको शुभ कामना आदान प्रदान गर्ने उदेश्यका साथ काठमाडौंको न्युरोड स्थित न्यूरोड कम्प्लेक्समा दशै फेस्टिभलको आयोजना सम्पन्न भएको छ । आर्टिस्ट नेपाल तथा न्यूरोड कम्प्लेक्सले संयुक्तरुपमा संचालन गरेको उक्त दशै महोत्शव अशोज २ देखी अशोज ८ सम्म चलेको थियो ।


बिभिन्न मनोरन्जानत्मक कार्यक्रमसंगै कम्प्लेक्समा भिजिटका लागि आएका सम्पूर्ण ग्राहकहरुलाई निशुल्क बिभिन्न उपहार एबम डिस्काउन्ट कुपन प्रदान गरेको थियो । दैनिक ११ बजे देखी ५ बजे सम्म संचालन भएको उक्त कार्यक्रममा गीत संगीत, हास्य ब्यङय, नृत्य लगायतका कार्यक्रम संचालन गरिएको थियो । एक सातासम्म संचालन रहेको यस् फेस्टिभल कार्यक्रममा नेपाली राष्ट्रिय स्तरसम्मका झन्डै ४ दर्जन कलाकारहरुले आएर आफ्ना बिभिन्न कला प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए। शुभकामना आदान प्रदानको लागि चर्चित गायक मिङ्मा शेर्पा , गायिका प्राश्ना शाक्य, सपन श्रेष्ठ, आकांक्षा बस्याल, अर्पना श्रेष्ठ, सिमा शाह, हास्यकलाकार एवं गायक संगितकार यमन श्रेष्ठ, एन्जिला रेग्मी, सुशिला पाठक, सिमान्त सन्तोष , नायिका सारिका घिमिरे, बिनय केट्वो, हास्यकलाकार शिवहरी पौडेल, यस जोडी ,हाक्काहाक्की का कलाकार सुजीत थापा डेवीड, तथा गायकहरु रवि सुवेदी, सुरेन्द्र श्रेष्ठ सुमन के श्रेष्ठ, प्रदिप लामा, रामकृष्ण श्रेष्ठ, सिम्रन लामा ,प्रिया कालीकोटे, डिएसए का विजेताहरु लगायत मोडल तथा कलाकारहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुलाई आर्टिष्ट नेपाल तथा न्यूरोड कम्पलेक्सको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरि सम्मान गरिएको थियो ।
कार्यक्रम संचालनको जिम्मा पाएकी सोनिया जिआरले उपस्थित ग्राहकहरुलाई बिभिन्न प्रश्न सोधी कम्प्लेक्समा म्यानेजर सञ्जय महर्जनले गिस्ट ह्याम्पर प्रदान गर्नुभएको थियो । न्युरोड कम्प्लेक्स दशै फेस्टिभलमा निशुल्क मेहन्दी , निशुल्क फेस तथा ह्यान्ड पेन्टिङ , फ्री रिचार्ज कार्ड , फ्री पेनड्राईभ, तथा बिभिन्न पसलहरुमा ५० प्रतिशत सम्मको छुट एवं विभिन्न कुपन बितरण गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको