Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

क्षेत्र नं ३ काठमाडौँमा कांग्रेसका उम्मेदवार सिफारिश

admin

काठमाडौं
क्षेत्र नं ३ काठमाडौँमा नेपाली काँग्रेसले सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत, विपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, हरिबोल भण्डारी र कृष्णजी खड्काको नाम केन्द्रमा पठाएको छ । नेकपा एमालेले भने सो क्षेत्रमा पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको नाम सर्वसम्मत सिफारिश गरेको छ ।
यतिखेर भने काठमाडौँ क्षेत्र नं ३ को माहोल भने तातिरहेको छ । उम्मेदवार सिफारिश सम्बन्धमा चिया गफ हुन थालेको छ । यो क्षेत्रमा अम्बिका बस्नेत र परशुराम पोखरेल बिचमा प्रतिस्प्रधा हुने देखिन्छ । यद्यपि सो क्षेत्रमा बलियो पकड भने पोखरेलले बनाएका छन । स्थानीयहरुको अवाज समेट्ने हो भने माननीय बस्नेत भन्दा पोखरेलको अवस्था बलियो छ र उहाँले टीकट पाएमा जित पक्का छ । लामो समय देखि निरन्तर रुपमा समाजसेवामा तल्लिन भएका पोखरेल आम जनता माझ लोकप्रिय भएका कारण पनि जित्ने आधारहरु बलिया देखिन्छन् । काँग्रेसले सो क्षेत्रमा आफ्नो सिट सुरक्षित राख्छ कि राख्दैन, त्यो भने चाँही हेर्न नै बाँकी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको