चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको ‘सकिन’को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा रहेको गीत ‘सकिन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा गायक विनोद , किरन तथा विकास लामीछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ ।

सुदिप आत्रेयको शव्दमा तयार पारिएको गीतको संगीत बिनोद तथा किरण माईकलकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारको रहेको छ । फराज अर्पणको छायांकन,निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *