Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

“मिस एण्ड मिसेस व्युटीफुल नेपाल २०१८” को पहिलो अडिसनमा उत्साहजनक सहभागिता, अर्को अडिसन मंसिर ९ गते

admin

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै दक्ष्य इन्टरटेनमेन्ट प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल” आयोजना गर्दै आएको छ l बिगत ३ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष्य इन्टरटेनमेन्ट प्रालिले “मिस बिउटिफुल नेपाल २०१८ सिजन-३ र मिसेस बिउटिफुल नेपाल २०१८ सिजन-२” को अडिसन यहि आउदो मंसिर  ९ गते होटल रानीमहल बानेश्वरमा गर्ने यस सस्थाका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन  यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष्य इन्टरटेनमेन्ट प्रालिको कार्यलय तथा होटल रानीमहल नया बानेस्वर बाट फर्म लिएर भाग लिन सक्नेछन ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको