Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

एसईईको नम्बरिङ अधिकार दुरुपयोग, विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

admin

काठमाडौं, ३० असार  कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो ।

यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर पढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन् । कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ ।

लकडाउन कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो ।

यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो ।

सो कार्यविधिमा विद्यालयले ३ प्रति विद्यालयको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा इकाइमा पठाउनुपर्ने व्यवस्था छ ।  

नागरिक दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको