Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज, कोशी प्रदेशमा सार्वजनिक बिदा एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

राजस्व चुहावट गरेको आरोपमा सुनचाँदी व्यवसायी राजस्वको नियन्त्रणमा

admin

GOLD

बुटवल- राजस्व अनुसन्धान विभागले रुपन्देहीका एकजना सुनचाँदी व्यवसायीलाई सुन चोरीपैठारी गरी राजस्व चुहावट गरेको आरोपमा नियन्त्रणमा लिएको छ। भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको विभागले जनाएको छ।

विभागको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरु सवार रहेको साधनसहित नियन्त्रणमा लिएको हो। सुन चोरी पैठारीको आरोपमा उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको विभागले जनाएको छ।

विभागले उनीहरूका कारोबारका विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको