Logo
02 Nov 2024    १७ कार्तिक २०८१, शनिबार

ताजा खबर

विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै ‘नेपाल संवत् ११४५’ ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पाैडेल नेवारी समूदायको म्हः पूजा आज अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित तिहारको चौँथो दिन गोवर्द्धन पूजा माडी नदीमा २ जनाको शव फेला

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

admin

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनाधिकृत रुपमा सर्भर ह्याक गरेको उजुरीपछि धनकुटाको पाख्रिबासका दिवाकर देउजालाई पक्राउ गरेको हो।

सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत २८ वर्षीय देउजालाई बुधबार धनकुटाबाट पक्राउ गरेको हो। टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्रीसमेत गरेको उनीमािथ आरोप छ।

उनले यसरी आर्थिक लाभ लिएर टेलिकमलाई हानिनोक्सानी पुर्याएको , कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको भन्दै नेपाल टेलिकमले २०७७ असार १२ गते सीआईबीमा जाहेरी दिएको थियो।
उनले अनट्रेसेबल इन्टरनेट प्रविधिको प्रयोग गरी टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिइको सीआईबीले जनाएको छ।
उनलाई विद्युतीय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन बिहीबार नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको