
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले दिएको निवेदनका आधारमा आयोगको इटहरिस्थित कार्यालयबाट खटिएको टोलीले पोखरेललाई उपमहानगर ६ वीपी चोकबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

लोकप्रिय समाचार