काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आजैको मितिदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरिएको आयोगले जनाएको छ । प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नम्बर ०१–५२६२१७७ वा मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
हालका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएसँगै ४ नम्बर महाशाखा प्रमुख अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
लोकप्रिय समाचार