Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

बुटवल –तानसेन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन

admin

सिद्धार्थ राजमार्ग अन्तरगतको अवरुद्ध बुटवल –तानसेन सडक खण्ड आइतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शुक्रवार साँझ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो हटाउन सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेको थियो । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडकदेखि करिब सय मिटर माथिबाट खसेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको