Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

दर्शकहरुको अपार मायाले नै मेरो बसाई केहि लम्बिएको हो : पार्वती राई,मोडल

admin

नेपाली साँगितिक क्षेत्रको चिरपरिचित अनुहार जसले लोकदोहोरी क्षेत्रमा आफ्नो नृत्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आईरहेकी छिन् । नेपालमा मात्र नभई विदेशमा पनि चर्चा कमाउन सफल नृत्याङ्गना एंव मोडल जसले १००० वटा भन्दा बढि म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । नेपाली रियालिटि सो छमछमी बाट नृत्यको यात्र सुरु गरेकी उनलाई त्यस यता पछाडि फर्केर हेर्नुपरेको छैन । दोहोरी गीतको म्युजिक भिडियोमा हेर्नेहरुले उनलाई नचिन्ने विरलै होलान् । बहुप्रतिभावान, कर्मठ एंव दोहोरी गीतको नृत्यको क्षेत्रमा उनी दर्शकहरुको पहिलो रोजाईमा पर्दै आएकी छिन् । अत्यन्तै व्यस्त एंव उच्च पारिश्रमिक लिने उनै सफल मोडल ,कलाकार पार्वती राईसंग राष्ट्रखवरलेगरेको कुराकानीको मूख्य अंस ।
तपाई अत्यन्तै व्यस्त कलाकार हाल के काममा व्यस्त हुनुहुन्छ ?
म अहिले अमेरिकामा छु । नेपालबाट फग अवार्ड कार्यक्रमका लागि अमेरिका आएकी हुँ । अमेरिका आए लगतै थुप्रै सांस्कृतिक कार्यक्रममा निमन्त्रणा आएपछी यतैतिर व्यस्त भएकी छु । मैले क्यालिफोर्निया,वाल्टिमोर ,लसएन्जल्स, जर्जीया लयातका ठाउँहरुमा प्रस्तुति दिईसकेकी छु भने अन्य ठाउँहरुबाट पनि निमन्त्रणा आएको छ । केही समयको अमेरिका बसाईपछी म नेपाल फर्कन्छु ।
विशेष गरेर लोकदोहोरी क्षेत्रमा अभिनय गर्ने नेपाली कलाकारहरुलाई अमेरिका जान सहज छैन भन्ने सुनिन्छ के भन्नुहुन्छ ?
अमेरिका आउनका लागि आफ्नो प्रोफाईल र डकुमेन्ट अमेरिकन राजदुतावासले भने अनुरुप हुनुपर्छ । मैले नेपालमा धेरै काम गरिसकेको र यताको स्पोन्सहरुको सपोर्टको कारण पनि म यता आउन पाएकि हुँ । म यस भन्दा अघि पनि अमेरिका आईसकेकी थिए यो मेरो दोस्रो अमेरिका बसाई हो । दर्शकहरुको अपार मायाले नै मेरो बसाई केहि लम्बिएको हो ।अहिले अमेरिकी राजदुताबासले मल्टिपल भिषा दिएको छ । पाँच बर्ष अमेरिका आवतजावत गर्नलाई भिजाको समस्या छैन ।
नेपालमा दोहोरी गीतका मोडल कलाकारले पारिश्रमीक पाउँदैनन् विदेश नगए उनिहरुको गुजारा चल्ने अवस्था छैन भन्ने सुनिन्छ ?तपाई नेपालमा पनि व्यस्त नै हुनुहुन्थ्यो विदेश किन जानुभएको ?
नेपालमा पनि विभिन्न सांगीतिक कार्यक्रम र म्युजीक भिडियोकै कारण व्यस्त भएकै बेलामा केही फुर्सद निकाले विदेशबाट आएको निम्तो स्विकार्न र एवार्ड कार्यक्रममा सहभागी हुन यहाँ आएकि हुँ । अहिले नेपालमा पनि राम्रै पारिश्रमिक पाईरहेकी छु । व्यस्तताका बावजुत पनि विदेशमा रहेका नेपाली दाजुभाई दिदि बहिनीको निम्तो स्विकार्न आएकी हुं । त्यसैले कार्यक्रममा सहभागी भईरहदा नेपाली दर्शक संगै रमाईलो गर्दै दिन वितेको पत्तो नै पाएकी छैन ।
तपाईले विदेशी कार्यक्रममा कत्तिको सहजता महसुस गर्नुभएको छ , बसाई कस्तो छ ? कलाकारलाई विदेशमा कुन रुपबाट हेरिदो रहेछ ?
नेपाली दाजुभाई दिदिबहिनी संग कार्यक्रममा सहभागी हुँदा विदेशमा आएको छु भन्ने भान नै हुँदैन । सबैले माया गर्नुहुन्छ । अझ विशेष गरेर भुटनिज कम्युनिटिहरुले हामीलाई अत्यन्तै माया दिनुभएको छ । यहाँको व्यवस्थापन र नेपाली संगैको बसाईले काम संगै रमाईलो र उत्साह पनि थपीएको छ ।
अब कहिले नेपाल फर्कदै हुुनुहुन्छ ?
अब अंग्रेजी नयाँ बर्षमा तय गरिएका कार्यक्रम सकेर नयाँ बर्षपछी नेपाल फर्कदैछु । नेपालमा फर्किए लगतै थुप्रै म्युजीक भिडियोका अफर आएका छन् । बाकी रहेका कामहरु पुरा गर्नुछ । अभिनयलाई नै निरन्तरता दिनेछु ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको