जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राीत भएको’ जनाएको छ।
साे पाेखरी फुट्न गएमा भाेटेकाेशी नदीमा आकस्मिक रुपमा पानीकाे बहाव अत्यधिक बढ्न भई नदी किनारमा रहेका भाेटेकाेशी गाउँपालिका बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहका बजार तथा मानव बस्तीहरु बगाउन सक्ने र ठुलाे क्षति पुर्यार्न सक्ने भन्दै सूचनामा साे क्षेत्रमा बस्ने सर्वसाधारण व्यक्तिहरु स्थानीय तहलाई सकर्कता अपनाउन एवम् नदी किनारका बासिन्दाले साे क्षेत्र छाेडि सुरक्षित स्थानमा जान आग्रह गरिएकाे छ।

