अमेरिकामा एकै दिन ६० हजार कोरोना भाइरस संक्रमित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो।

त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ। यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ। कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ।

उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ। संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो। तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *