Logo
01 Nov 2024    १६ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माडी नदीमा २ जनाको शव फेला ‘सिजल एण्ड सिस्टर’ले काभ्रेका २५० परिवारलाई वितरण गर्यो राहत सामाग्री अमेरिकामा मनाइयो कुकुर तिहार गैरकानुनी रूपमा सडकमा कर नउठाउन स्थानिय तहलाई गृहको निर्देशन भारतमा ‘देवभुमी आईकन अवार्ड’ सम्पन्न लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

admin

सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए। लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए।

सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए।

यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए। सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ। सेमिनार र भेला भने गर्न नपाइने उनले बताए।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उहाँले बताउनुभएको छ। स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उनले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको