
काठमाडौंः नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।
पर्साको वीरगञ्जमा उपचाररत रहेका एक जना पुरुषको ज्यान गएको हो । विरगञ्जको गण्डक अस्पतालमा उपचाररत रहेका माइस्थानका करिब ६० वर्षिय पुरुषको हिजो साँझ मृत्यु भएको हो ।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
लोकप्रिय समाचार