Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज, कोशी प्रदेशमा सार्वजनिक बिदा एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

आज थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,काठमाडौं जिल्लामा ५ जना संक्रमित

admin

 काठमाडौंः नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ४७ संक्रमण भएको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् त्यसै गरि, ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन 

हालसम्म नेपालबाट १२ हजार ८ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको