९ महिनाका बालक र ५ थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

 वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ महिनाका बालक र पाँच जना थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ संक्रमित हुनेहरुमा २५ जना पुरूष र ७ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरका अनुसार २६ जना पर्सा, १ जना बारा र ५ जना भारतीयहरू रहेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा लगिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *