प्रहरी हेडक्वार्टरका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं—नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीकाअनुसार हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेडक्वार्टरमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको प्रवक्ता शाहीले बताए । पछिल्लो एक सातामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । ‘हाम्रो हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘हिजोदेखि नै कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ ।’ पोजेटिभ देखिनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत रहेका छन् ।  संक्रमितहरूलाई आइसोलेसनमा राखेर अस्पताल पठाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *